पोखरामा मुस्ताङको चर्चा
पाेखरा | भदौ २०, २०७९
पोखरा । मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा कोराला नाका विषयक अन्तक्र्रियामा वक्ताले पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको सहभागीले बताउनुभएको थियो । सरोकारवाला निकाय तथा जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँहरुले मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी एवं पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको जनाउँदै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन बुझाउन जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्लाका सबै क्षेत्र डुलेपछि मात्र थाहा हुन्छ कि प्राकृतिक सम्पदाले कति धनी रहेछ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङको लोमङथाङ अझै प्रसिद्ध रहेको छ ।”
मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक जति छिटो सम्पन्न भयो त्यति नै यस क्षेत्रको विकास र आर्थिक उन्नति हुन्छ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा रहेको र ती सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्ला प्राकृतिकरुपमा विश्व मै धनी छ तर ती सम्पदाको प्रचारप्रसार नेपाल सरकारले गर्न नसक्दा हामी पछि परेका छौँ”, उहाँले भन्नुभयो ।
“नेपालकै सबैभन्दा पुरानो गुम्बा मुस्ताङमा छ, माटोले बनेको पर्खाल किन नहोस दरबार पनि यही नै छ, विश्वमा नै नपाइने शालीग्राम यही पाइन्छ”, उहाँले थप्नुभयो”, “मुस्ताङको माटो नै फरक छ ।” नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले मुस्ताङ जिल्ला नै प्राकृतिक सम्पदाको खानी भएकाले यसको प्रचारप्रसारमा कमी रहेको धारणा राख्नुभयो ।
मुस्ताङको घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटकको बसाई लम्ब्याउन मुक्तनाथ र मानसरोवर मात्र नभएर जिल्लाका प्राकृतिक सम्पदाको दृष्यावलोकन गराउन जरुरी भएको आवश्यकता औँल्याउनुभयो । “अहिले मुस्ताङ पुग्ने ९० प्रतिशत धार्मिक पर्यटक छन्, उनीहरूलाई एक दुई दिन मुस्ताङमा नै बस्ने वातावरण सृजना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शका लागि त्यहाँ पुग्ने गर्छन । गर्मी स्थानमा बसेको उनीहरु चिसो ठाँउमा पुग्दा उनीहरुलाई श्वासप्रश्वासमा अप्ठेरो हुँदा मुस्ताङमा आधारभूत स्वास्थ्य केन्द्र ठाउँठाउँमा राख्न जरुरी भएको त्यहाँका जनप्रतिनिधिले जोड दिए । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले मुस्ताङ जिल्लाका पदमार्ग सडक बन्दा पर्यटकको बसाई घट्दै गएको बताउँदै मुस्ताङको पर्यटनसँगै कृषिलाई नै सँगै लिएर जान जरुरी रहेको बताउनुभयो । मुस्ताङको स्याउ अत्यन्तै स्वादिलो रहेकाले यहाँ उत्पादित स्याउ विश्व बजारमा पु¥याउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटनसँग मुस्ताङ प्रत्यक्ष जोडिएको जनाउँदै त्यहाँका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीयरुपमा भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । समाजसेवी लोप्साङ विष्ट, रिङजिङ गुरुङ, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देललगायते मुस्ताङको पर्यटन विकासमा मुख्य बाधक सडक भएकाले कोराला नाका छिटो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

